राष्ट्रियसभा निर्वाचन: उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान

काठमाडौं । माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ ।
निर्वाचन आयोगको कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरेको हो ।
उम्मेदवारलाई सम्बन्धित दलको निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राससलाई जानकारी दिए ।
निर्वाचनमा ५१ जना उमेदवार मैदानमा छन् ।

राजनीति समाचार