हेटौंडामा रुखले च्यापिएर अर्यालको मृत्यु

हेटौंडा। हेटौंडा-१२ पदमपोखरीमा रुखले च्यापिएर एक युवकको ज्यान गएको छ। शनिबार दिउँसो हेटौडा -१२ पदमपोखरीका २० वर्षका योगेश अर्यालको रुखमा च्यापिएर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

उनलाई घर नजिकै रहेको रुखको हाँगा काट्ने क्रममा हाँगाले काधमा च्यापिएर मृत्यु भएको जनाइएको छ। शवलाई रुखबाट निकालि पोष्टमार्टमका लागि मुचुल्का उठाई हेटौंडा अस्पताल पठाउने तयारी भइरहेको जनाइएको छ।

समाचार समाज स्थानीय