एमालेका मनोनित ६ केन्द्रीय सदस्यद्वारा शपथग्रहण

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा मनोनित ६ जनाले आज शपथ लिएका छन् । मनोनीत केन्द्रीय सदस्यहरूलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालयमा मंगलबार शपथग्रहण गराएका हुन् ।
एमाले सचिवालय बैठकले कोशी प्रदेशका पूर्वअध्यक्ष तुलसी प्रसाद न्यौपाने, मधेस प्रदेशका राम अवतार यादव, बाग्मतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश अध्यक्ष दामोदर भण्डारी र झापा जिल्ला अध्यक्ष दीपक थापालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।
गत पुस २० गते बसेको एमाले सचिवालय बैठकले ५ पूर्व प्रदेश अध्यक्ष र एक जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

राजनीति समाचार