हिमाल दुग्ध सहकारीको संचालक र लेखा दुबै समिति निर्विरोध,संचालक समिति अध्यक्षमा पुनः बजगाई

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ बाग्दलीमा रहेकोे हिमाल दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको संचालक समिति अध्यक्षमा पुनः बलराम बजगाई चयन भएका छन् ।

संस्थाको ३३ औं वार्षिक साधारणसभाबाट बजगाईको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति तथा कमल बस्नेतको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित भएको संस्थाका ब्यवस्थापक दुव प्रसाद खतिवडाले बताएका छन् ।

ब्यवस्थापक खतिवडाका अनुसार निर्वाचित संचालक समितिको उपाध्यक्षमा शेष प्रसाद तिमल्सिना तथा सदस्यहरुमा चिनिमाया लुङ्बा , शारदा घिमिरे (चौलागाईं) , रमा ढुङ्गाना , अर्जुन घिमिरे , शारदाप्रसाद घिमिरे , रामेश्वर ढुङ्गाना र साम प्रसाद खतिवडा रहेका छन् ।

त्यस्तै कमल बस्नेत संयोजक रहेको लेखा समितिको सदस्यहरूमा अम्बिका अधिकारी र सरिता धिताल रहेका छन् ।

शुक्रवार केन्द्रिय दुग्ध सहकारी संघका संचालक सदस्य एवम् मकवानपुरगढी गाउँपालिकाका पुर्व अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा संस्थाको ३३ औं वार्षिक साधारणसभा भएको थियो ।

समाचार सहकारी स्थानीय