पूर्वराजा ज्ञानेन्द्र शाह आज हेटौँडा आउँदै, विभिन्न पार्टी तथा समूहले गर्दैछन् स्वागतको तयारी

हेटौँडा । पूर्वराजा ज्ञानेन्द्र शाह आज मकवानपुरको हेटौँडा आउने भएका छन् । उनको आगमनका लागि हेटौँडामा ठूलो तयारी भइरहेको छ । विशेष गरी राप्रपा मकवानपुरले उनको स्वागतका लागि शानदार तयारी गरिरहेको छ ।

राप्रपा मकवानपुरले ११११ सदस्यीय मूल समारोह समितिसहित १० वटा उपसमिति गठन गरेर शाहको स्वागतको तयारी गरेको हो । शाहले हेटौँडाका विभिन्न धार्मिक स्थल र मन्दिर भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राप्रपा नेता दिपक बहादुर सिंहका अनुसार, शाहलाई आज दिउँसो १२ बजे चुरियामाई मन्दिरमा स्वागत गरिनेछ । उनले ज्याङछुपलिङ गुम्बा, भुटनदेवी मन्दिर लगायतका स्थल भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ।

यस्तै, राप्रपा नेपाल मकवानपुरले पनि शाहको स्वागतका लागि तयारी गरिरहेको जनाइएको छ । राप्रपा अध्यक्ष गुरुप्रसाद सापकोटाले शाहको स्वागतका लागि जिम्मेवारीको बाँडफाँट गरिएको बताएका छन्।

राजनीति समाचार