हेटौंडामा नेपाल बीउ व्यवसायी संघको नवौँ साधारण सभा सम्पन्न

हेटौंडा – नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको नवौँ साधारण सभा शनिबार हेटौंडामा सम्पन्न भएको छ।

सभामा बोल्ने वक्ताहरूले नेपालमा गुणस्तरीय बीउ उत्पादन बढाउन नीति तथा कार्यक्रममा जोड दिनुपर्नेमा जोड दिएका थिए। गुणस्तरीय बीउको प्रयोगले उत्पादनमा वृद्धि हुने उनीहरूको भनाइ रहेको छ।

त्यस्तै, बीउ आयात प्रक्रिया लामो हुँदा बीउ आउन ढिलाइ हुने र बीउ सम्बन्धी नियमनको अभावमा समस्या भइरहेको पनि सभामा उठाइएको थियो।

सभाले गुणस्तरीय बीउको आपूर्तिलाई प्राथमिकता दिन नीति निर्माताहरूलाई आग्रह गरेको छ।

समाचार स्थानीय