सहकारीको स्थापना दिवसमा विद्यार्थीलाई झोला

हेटौंडा – अग्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्नो ९ औं स्थापना दिवसको अवसरमा विद्यार्थीलाई व्याग वितरण गरेको छ।

हेटौंडा-१० घ्याङसिङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका ५६ जना विद्यार्थीलाई व्याग वितरण गरिएको हो।

सहकारी संस्थाका अध्यक्ष विकेशलाल श्रेष्ठका अनुसार विद्यालय र सहकारीको सहकार्यमा विद्यार्थीको आवश्यकता पहिचान गरी व्याग वितरण गरिएको हो।

विद्यालय र स्थानीय संस्थाबीचको सहकार्यले विद्यार्थीलाई फाइदा पुगेको छ। यस किसिमका कार्यले शिक्षा क्षेत्रमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

शिक्षा समाचार समाज