हेटौंडाबाट दुई भारतीय नागरिक पक्राउ

हेटौंडा – मकवानपुर प्रहरीले शनिबार हेटौंडाबाट अवैध लागूऔषध अफिमसहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत मोतिहारीका ४० वर्षीय जगु साह र मझपपुरकी ४० वर्षीया शाहील देवी रहेका छन्।

उनीहरूले बोकेको झोलाबाट १ किलो अवैध अफिम बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। यसबाट लागूऔषध तस्करी नियन्त्रणमा मद्दत पुगेको प्रहरीको भनाइ छ।

समाचार समाज