हेटौंडामा पंखाले काट्दा एक जना घाइते

हेटौंडामा पंखाले काट्दा एक जना घाइते भएका छन् । शनिबार हेटौंडा–८, एचआईडीमा पम्पको पंखाले काट्दा एक जना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

घाइते हुनेमा भारतको मोतिहारी आधारपुर घर भएका २४ वर्षीय मुन्ना दास रहेका छन् । घाइते दास गाडीको ईन्जिन बनाउने वर्कसपमा काम गर्दथे ।

प्रहरीका अनुसार, शनिबार साँझ गाडीको हावा हाल्ने पम्प बनाउने क्रममा अचानक पम्प चल्न गई पम्पको पंखाले दासको पेटमा काटेको हो ।

घाइते उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा त्यहाँ उपचार सम्भाव नभएपछि थप उपचारको लागि चितवनको नयाँ मेडिकल कलेज भरतपुरमा पठाएको प्रहरीले जनाएको छ ।

समाचार समाज