आज पनि देशका विभिन्न ठाउँमा हिमपातको सम्भावना

आज पनि देशको पहाडी भू–भागमा मौसम आंशिक रुपमा बदली भएको छ । पश्चिमी वायुको आंशिक प्रभाव परेकोले मौसममा केही बदली भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान माहाशाखाका अनुसार आज पनि । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

.

महाशाखाको बुलेटिन अनुसार सोमबार र मंगलबार पनि पहाडी क्षेत्रमा मौसम बदली भई थोरै स्थानमा हल्का हिमपातको हुनेछ ।

मौसम बदली भएसँग तराईका प्रायः सबै जिल्लाहरूमा कुहिरो र हुस्सु पनि लागेको छ । जसले गर्दा त्यहाँको बिहानको जीवन प्रभावित भएको छ ।

समाचार समाज