राष्ट्रियसभा निर्वाचन: कोशीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

हेटौंडा । राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच तालमेल गर्ने सहमति भएको छ ।
राप्रपाको तर्फबाट कोशी प्रदेश अध्यक्ष राम थापा र एमालेका तर्फबाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । उनीहरूबीच कोशीमा राप्रपाका उम्मेदवार उद्धव पौडेल र एमालेकी रुक्मिणी कोइरालालाई मतदान गर्ने सहमति भएको छ ।
कोशीमा कांग्रेस-माओवादी गठबन्धनसँग ५ हजार ४३६ मतभार छ भने एमालेसँग ४ हजार २४८, राप्रपासँग ३ सय ९४ र स्वतन्त्रसँग ५७ मतभार छ । एमाले, राप्रपा र स्वतन्त्रको सबै जोड्दा पनि गठबन्धनको भन्दा कम छ । तर कांग्रेसभित्र अन्तरघात भए सिटौलालाई समस्या पर्न सक्छ ।

प्रदेश - १ प्रदेश समाचार राजनीति समाचार