मकवानपुरको हेटौंडा-६ पुतलीबजारमा यात्रुवाहक बस दुर्घटना

आज बुधबार बिहान ९ बजे फुर्केचौरबाट हेटौंडातर्फ आउँदै गरेको ना३ ख ५३०३ नम्बरको यात्रुवाहक बस पुतलीबजारमा पल्टिएको छ।

विपरीत दिशाबाट आएको ट्रकलाई साइड दिने क्रममा धरानचतरा सडकखण्ड अन्तर्गत पुतलीबजार पुल नजिकको साघुरो बाटोको कारण बस दुर्घटना भएको हो।

बसमा १५ जना यात्रु रहेका थिए। दुर्घटनामा यात्रुहरु सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

समाचार समाज स्थानीय