हेटौंडाका पत्रकार रमेश बन्जारालाई जबर्जस्ती करणी मुद्दामा सफाई

मंगलबार जिल्ला अदालत मकवानपुरले अन्तिम सुनुवाई गर्दै बन्जारालाई सफाई दिएको छ। गत वर्ष ३० चैतमा एक महिलाले बन्जाराले आफूलाई जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। उजुरीपछि बन्जारा पुर्पक्षका लागि भीमफेदी कारागारमा रहेका थिए।

मंगलबार श्रीप्रसाद संजेलको इजलासले बन्जारालाई सफाई दिएको हो।

समाचार