मकवानपुरमा महिला मृत फेला

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर-५ फुर्केकी ६० वर्षीया ठुलीमाया रुम्बा आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेकी छन्। उनको शव पोस्टमार्टमका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्युको कारण अझै खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

समाज स्थानीय