गण्डकीबाट महिलामा मनरुपा र अपाङ्गतामा परियार विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट महिला पदमा मनरुपा शर्मा विजयी भएकी छन् ।

बिहीबार सम्पन्न निर्वाचनमा क्लष्टरमा नेकपा माओवादी केन्द्रकी शर्माले ३ हजार ६ सय ६० मतभार पाएर विजयी हाँसिल गरेकी हुन् ।

.

शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मतदान गरेका थिए । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत प्राप्त गरिन् ।

यस्तै, गण्डकी प्रदेशबाट अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । उनले ३ हजार ७ सय ७४ मत प्राप्त गरेकी हुन् । उनलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए ।

विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए ।

गण्डकी प्रदेश प्रदेश समाचार राजनीति