युवा संघ मकवानपुरको नयाँ अभ्यास,नेतृत्वसंग युवा संबाद

टौंडा । मकवानपुरको राष्ट्रिय युवा संघ नेपालले नेतृत्वसँग युवा संवादु शीर्षकको कार्यक्रम गरेको छ।

हेटौंडा २ को गैसस महासंघको सभाहलमा भएको कार्यक्रमको अध्यक्षता राष्ट्रिय युवा सङ्घ नेपाल मकवानपुरका अध्यक्ष राजेश नगरकोटीले गर्नुभएको थियो। राष्ट्रिय युवा संघका लेखा आयोग प्रमुख सन्तोष चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेकपा एमालेका सचेतक तथा सांसद महेश बर्तौला कार्यक्रमका मुख्य वक्ता हुनुहुन्थ्यो। कार्यक्रममा सहभागी युवाहरूले नेतृत्वसँग विभिन्न प्रश्नहरू राखेका थिए।

बर्तौलाले देशको राजनीतिक अवस्था र संसदमा एमालेको भूमिकाबारे जवाफ दिनुभयो। युवा संघसम्बन्धी प्रश्नको जवाफ प्रमुख चौलागाई र नगरकोटीले दिनुभएको थियो ।

जिल्ला अध्यक्ष नगरकोटिले ुनेतृत्वसँग युवा संवादु कार्यक्रमले युवा संघ र नेताबीच सम्बन्ध बलियो हुने अपेक्षा राखेको बताउनु भयो । सहभागी युवाहरूले युवा संघको नयाँ शैली , नेताहरूसँग सोधपुछ कार्यक्रमबाट नयाँ युवा नेतृत्वले धेरै सिक्ने अबसर पाएको बताएका थिए ।

कार्यक्रमको सञ्चालन प्रतिमा श्रेष्ठले गर्नुभयो कार्यक्रममा राष्ट्रिय यूवा संघ नेपाल बागमती प्रदेशको कोषाध्यक्ष नरेन्द्र भण्डारी, नेकपा एमाले जिल्ला कमिटि सदस्य सानुकुमार लामा,नेकपा एमाले जनसंगठन समन्वयका उपसंयोजक आरती पाठक लगायत,केन्द्रिय सदस्य तथा मकवानपुर इन्चार्ज लक्ष्मण उप्रेती लगायतको विभिन्न संगठनका प्रतिनिधि तथा राष्ट्रिय युवा संघका नेताहरुको सहभागी थियो । जिल्लाका करिब १ सय भन्दा बढी युवाहरूलाई सहभागी रहेकोे थियो ।

राजनीति समाचार