मोटरसाइकलको ठक्करबाट हेटौंडाका ढुंगेल घाइते

मकवानपुरको हेटौंडामा शनिबार मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदालयात्री घाइते भएका छन् ।

कान्तिलोकप सडकखण्ड अन्तर्गत पर्ने हेटौंडा उपहानगरपालिका वडा नं.५ पिप्लेमा चौघडातर्फबाट हेटौंडातर्फ आउँदै गरेको प्र.३–००१ प ०००६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्री घाइते भएका हुन् ।

.

मोटरसाइकलको ठक्करबाट स्थानीय ३० वर्षीय उज्वल ढुंगेल घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, घाइते उनको अर्थोपेटिक अस्पताल जोरपाटी काठमाडौंमा उपचार भइरहेको छ ।

प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

समाचार समाज