कांग्रेस निकट थारू संघमा ९८ सदस्य मनोनीत

नेपाली कांग्रेस निकट नेपाल थारू संघको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनयन गरिएको छ ।

पार्टीका सभापति शेरबहादुर देउवाले सदस्यहरु मनोनीत गरेका हुन् । जसअनुसार, नेपाल थारू संघको अध्यक्षतामा शिवनारायण महतो गुरौ रहेका छन् ।

.

संघको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन् ।

राजनीति