सहमति पछि निर्देशनालयमा लगाइएको ताला खोलियो

हेटौंडा- बागमती प्रदेश कृषि तथा पशुपंछी निर्देशनालय हेटौंडामा लगाइएको ताला खोलिएको छ ।

प्रदेश सरकारले दुधमा दिदै आएको अनुदान घटाए पछि बागमती प्रदेशमा रहेका जिल्ला दुग्ध सहकारी संघहरुले संयुक्तरूपमा निर्देशनालयमा कालो ब्यानर, धर्ना सहित ताला बन्दी गरेका थिए ।

कृषि तथा पशुपंछी विकास मन्त्रालयका सचीव राजेन्द्र कोइराला र निर्देशनलायका निर्देशक डाक्टर गौरीमान श्रेष्ठ तथा संघका प्रतिनिधिहरु बिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

उत्पादनमा आधारित प्रति लिटर अनुदानका लागि २०८० पौष १९ गते प्रकाशित सुचना बदर गर्ने, सो शिर्षकमा थप बजेटको ब्यवस्था गरि माघ २३ गतेसम्म अर्को सुचना प्रकाशन गर्ने र २०८० माघ २३ गते सम्मको लागि निर्देशनालयमा लगाएको ताला हाललाई खुला गर्ने सहमति भएको जनाइएको छ ।

प्रदेश सरकारले गत वर्ष ३० करोड विनियोजन गरि किसानलाई प्रति लिटर ३ रुपैयाँ ५६ पैसा वितरण गरेकोमा यस वर्ष घटाएर जम्मा ५ करोड मात्र छुट्याएको थियो ।
सो धर्ना तथा तालाबन्दी कार्यक्रम उपस्थित किसानहरूले दुधको भुक्तानी समयमा नपाएको भन्दै भुक्तानी नियमित हुने वातावरण बनाई दिन समेत माग गरेका थिए ।

सो विरोध कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद सापकोटा , उपाध्यक्ष भागिरथ तिमल्सिना , संचालक सदस्य बिदुर हुमागाई, चितवन जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष किशोर बगाले, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरि प्रसाद कडेल, निवर्तमान अध्यक्ष बासुदेव अधिकारी लगायतकाको समेत उपस्थिति रहेको थियो ।

मुख्य समाचार समाचार