हेटौंडाको घरेलु कार्यालयको नाम परिवर्तन, अब उद्योग तथा वाणिज्य कार्यालय

हेटौंडा । मकवानपुर जिल्लामा रहेको घरेलु तथा साना उद्योग कार्यालयले आजदेखि उद्योग तथा वाणिज्य कार्यालयको नाममा सेवा सञ्चालन गर्ने भएको छ।

मुलुक संघीय संरचनामा गएसँगै बागमती प्रदेश सरकारले प्रदेशस्तरमा मन्त्रालय, निकाय र कार्यालयहरूको संगठन संरचना तथा दरबन्दी तय गरेको थियो। त्यसैअनुसार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय मातहतको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको नाम परिवर्तन गरिएको हो। अब यसले उद्योग तथा वाणिज्य कार्यालयको नाममा सेवा दिनेछ।

यस कार्यालयको कार्य सञ्चालनका लागि १३ जना कर्मचारीको दरबन्दी स्वीकृत भएको छ। यसले ५ लाखदेखि ५ करोडसम्म पुँजी भएका उद्योग, व्यापार र कम्पनीलाई सेवा दिनेछ। यो संघीयता कार्यान्वयनपछि प्रदेशस्तरमा सेवा संरचना व्यवस्थित गर्ने कदम हो।

समाचार समाज