हेटौंडामा गुन्द्रुकको व्यावसायिक उत्पादन.

हेटौंडा-१२ को एक महिला कृषि समूहले गुन्द्रुकको व्यावसायिक उत्पादन थालेको छ। कञ्चनगंगा कृषि सहकारीसँग आबद्ध २० जना महिलाको समूहले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत गुन्द्रुक उत्पादन शुरू गरेको हो।

अहिले १५ कठ्ठा क्षेत्रफलबाट शुरू गरिएको उत्पादनलाई विस्तार गर्दै २१ कठ्ठासम्म पुर्याउने लक्ष्य छ। उत्पादित गुन्द्रुकको अनुज्ञापत्र लिन प्रक्रिया अघि बढिरहेको छ। उपमहानगरपालिकाले प्राविधिक सहयोग र बजारीकरणमा सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ।

यसबाट स्थानीय महिलाको आम्दानी बढ्ने र नेपाली परम्परागत खाद्य सामग्रीको उत्पादन बढ्ने अपेक्षा गरिएको छ। गुणस्तरीय उत्पादनमा जोड दिँदै स्थानीय बजारमै विस्तार गर्नुपर्ने नगर प्रमुखको सुझाव छ।

समाचार समाज