आज देशभर शहीद दिवस मनाइँदै

हेटौंडा – आज शहीद दिवसको अवसरमा चार जना शहीदको स्मरण गरियो। विसं १९९७ माघ १० गते शुक्रराज शास्त्री, माघ १३ गते धर्मभक्त माथेमा, माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई राणा शासनद्वारा मृत्युदण्ड दिइएको थियो। उनीहरूले जनताको राजनीतिक अधिकारका लागि आवाज उठाएका थिए।

शुक्रराजले नेपाल प्रजा परिषद् स्थापना गरी जनतालाई राजनीतिक अधिकारका लागि प्रेरित गरेका थिए। उनीहरूको बलिदानी राजनीतिक इतिहासमा स्वर्णाक्षरले लेखिएको छ।

यस अवसरमा पछिल्ला आन्दोलनमा मारिएका शहीदको समेत स्मरण गरिन्छ। यो दिन देश र जनताका लागि प्राण आहुति दिने सबै शहीदप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गरिन्छ।

मुख्य समाचार समाचार समाज