आजदेखि कार्यालय अपरान्ह ५ बजेसम्म खुल्ने

हेटौंडा । देशभरका सरकारी कार्यालय आजदेखि अपरान्ह ५ बजेसम्म खुल्ने भएका छन् । माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपरान्ह ५ बजेसम्म हुने भएको हो ।
कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपरान्ह ४ बजेसम्म कार्यालय संचालन हुने गरेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् ।
शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुल्ला रहने गृह मन्त्रालयले जनाएको छ । दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

मुख्य समाचार राजनीति समाचार