शहीदहरूको बलिदानले नै सर्वोत्कृष्ट शासन प्रणाली प्राप्त: राष्ट्रपति

हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले शहीदहरूको बलिदानले नै संविधानमार्फत मुलुकले सर्वोत्कृष्ट शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र पाएको बताएका छन् ।
शहीद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताए ।
उनले नेपाल र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका शहीदहरूको आकाङ्क्षा साकार पार्न सबैले इमान्दारीका साथ भूमिका खेल्नुपर्नेमा बताए ।

 

राजनीति समाचार