आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु

आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।

सहिद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा उक्त अभियानको सुरु गरेको हो ।

.

अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।

अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।

यही माघ २६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् भने औपचारिक कार्यक्रम हुनेछैनन् ।

राजनीति समाचार