मकवानपुर गोल्डकपमा आज एनआरटी र हिमालयन शेर्पा क्लब भिड्दै

हेटौंडा । छैटौँ संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तर्गत आज न्युरोड फुटबल क्लब (एनआरटी) र हिमालयन शेर्पा क्लबबीच खेल हुँदैछ ।


.

गौरीटार रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । आजको विजेता क्वार्टर फाइनलमा प्रवेश गर्नेछ ।

मंगलबार भएको उद्घाटन खेलमा सर्लाहीको बागमती फुटबल क्लबले विजयी सुरुवात गरेको हो । बागमतीले भुटानको पारो फुटबल क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको छ । मकवानपुर गोल्डकपको विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खेलकुद समाचार