हेटौंडामा दूध र दुग्धजन्य पदार्थको बिक्री केन्द्रको उद्घाटन

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं. २ को पुरानो मकवानपुर रोडमा आज दूध र दुग्धजन्य पदार्थको बिक्री केन्द्रको उद्घाटन गरिएको छ।

मकवानपुरगढी स्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले खरिद गरेको दूधबाट बनेका विभिन्न दुग्धजन्य पदार्थहरू आजदेखि यो बिक्री केन्द्रबाट बिक्री सुरु गरिएको हो।

बिक्री केन्द्रको उद्घाटन मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले गर्नुभयो। यसले हेटौंडाका उपभोक्तालाई सस्तो र गुणस्तरीय दुग्धजन्य पदार्थ उपलब्ध गराउने उद्देश्य राखेको सहकारीका अध्यक्ष अर्जुन दाहालले बताउनुभयो।

बिक्री केन्द्रबाट दूध, दही, पनिर, नौनी, मोही, खुवा, छुर्पी लगायतका पदार्थहरू खुद्रा र थोकमा उपलब्ध हुनेछन्। यसले हेटौंडाका उपभोक्तालाई दुग्धजन्य पदार्थमा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

मुख्य समाचार समाचार समाज