हेटौँडा कपडा उद्योग चलाउने तयारीमा सेना

हेटौंडा- नेपाली सेनाले २३ वर्षदेखि बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनःसञ्चालनको तयारी थालेको छ।

४८ वर्षअघि स्थापना भएको यो उद्योग विभिन्न कारणले बन्द भएको थियो।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा बुधवार बस्ने बैठकले उद्योग सञ्चालनको बाटो खोल्ने अपेक्षा गरिएको छ।

सेनाले नयाँ मेशिनरी खरिद गरी करिब ३ अर्ब रुपैयाँ लगानीमा उद्योग सञ्चालनको तयारी गरेको छ।

यसबाट उत्पादित कपडाले सेनाको आवश्यकता पूरा गर्ने विश्वास लिइएको छ।

समाचार