हेटौंडा–१३ मा सोनाम ल्होछार कार्यक्रम हुँदै

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित गुम्बाडाँडामा ल्होछार कार्यक्रम हुने भएको छ ।

हरेक वर्ष आयोजना गर्दै आइरहेको ल्होटा मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलनमार्फत आगामी फागुन ४ गते उक्त कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

.

कार्यक्रममा स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका अध्यक्ष सोम लाल थिङले जानकारी दिए । उनका अनुसार, कार्यक्रममा तामाङ संस्कृति झल्काउने नृत्य तथा गीतहरू प्रस्तुत हुनेछ ।

कार्यक्रम स्थलमा ४० देखि ५० वटा स्टल राखिने र विभिन्न परिकारको प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

समाचार समाज