मनहरीमा पाँचौं मनहरी महोत्सवको उद्घाटन

नेपालीमा समाचार:

मनहरीमा पाँचौं मनहरी महोत्सवको उद्घाटन

मकवानपुर – मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीको आयोजनामा मंगलवार मनहरीमा पाँचौं मनहरी महोत्सवको उद्घाटन गरिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मनहरी खोला किनारमा भएको एक समारोहबीच महोत्सवको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै नेता बानियाँले महोत्सवले स्थानीय उत्पादन, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा मद्दत पुर्याउने बताउनुभयो।

उहाँले मनहरीमा आकाशे पुल निर्माण र मनहरी खोलामा तटबन्ध निर्माण आफ्नो प्राथमिकता रहेको बताउनुभयो।

उक्त महोत्सव आगामी माघ २८ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत आयोजना हुनेछन्।

राजनीति समाचार समाज