आजको मौसमः हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूका साथै बाँकी भू–भागका केही स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र त्यसको प्रभावले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनुका साथै देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको उल्लेख गरेको छ ।

समाचार समाज