आज दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । आज राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको हो ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने जनाइएको छ ।

राजनीति समाचार