न्यायाधीशको निधनमा शोक विदा

 काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा शोक बिदा दिइएको छ ।
न्यायाधीश मरासेनीको निधनमा बुधबार अदालतमा शोक विदा दिइएको हो ।
बुधवार उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरूमा शोक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख छ ।
मरासेनीको हृदयाघातका कारण मंगलबार विहान निधन भएको थियो ।

 

Screenshot_20240131_11261-1706680596.jpg
राजनीति समाचार