सहमति नभए पछि भानु माविको ब्यवस्थापन समिति चयनका लागि माघ २१ गते निर्वाचन

मक्रान्चुली- लामो समयको रसाकसी पछि पनि सहमति नभएपछि मकवानपुरगढी-३ मक्रान्चुलीमा रहेको भानु माविको ब्यवस्थापन समिति चयनको लागि निर्वाचन नै हुने भएको छ ।

समितिमा बस्न धेरैले चाहाना गरेपनि अन्तिममा १० जनामा सहमति नभए पछी निर्वाचन नै हुन लागेको हो । १० जना बीचमा प्रतिस्पर्धा हुने भए पनि निर्वाचनबाट २ जना पुरुष र २ जना महिला निर्वाचित हुनेछन् ।

निर्वाचनमा महिलाहरुबाट सावित्री दुलाल, रुक्मणी ढुङ्गाना, सन्तु थिङ (पाख्रीन) र हेमकुमारी संजेल गरि २ जनाको लागि ४ जना बिच प्रतिस्पर्धा हुनेछ भने पुरुषहरुमा श्याम बहादुर पाख्रीन, लक्ष्मण भट्टराई, दिलिप लोप्चन, हेम बहादुर योन्जन, उमेश अधिकारी र खिल प्रसाद चौलागाईं गरि ६ जना बिचको प्रतिस्पर्धाबाट २ जना निर्वाचित हुनेछन् ।

निर्वाचन कार्यक्रम अनुसार माघ १८ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेद्बार माथि दाबी विरोधको समय तोकिएको छ भने सोहि दिन ३ बजे उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन उपसमितिले जनाएको छ ।

त्यसैगरी १८ गते नै अपरान्ह ४ बजे उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिने र २१ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्वाचन हुने जनाइएको छ ।

निर्वाचन कार्यक्रम अनुसार माघ १६ गते १० जनाले उम्मेद्बारी दर्ता गराएका थिए । माघ १७ गते ३ बजेसम्म उम्मेद्बारी फिर्ता लिने समय तय गरिएकोमा कसैले पनि उम्मेद्बारी फिर्ता नलिएकाले १० जना बिच निर्वाचन हुन लागेको हो ।

शिक्षा समाचार समाज स्थानीय