गायत्री डेरीका संचालक निराजन कोइराला “वर्ष उत्कृष्ट निर्यातकर्ता” को रुपमा सम्मानीत

हेटौंडा- बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडामा रहेको गायत्री डेरी उद्योग प्रालिका संचालक निराजन कोइराला “वर्ष उत्कृष्ट निर्यातकर्ता” रूपमा सम्मानित भएका छन् ।

निर्यात व्यवसायी महासंघ नेपालको चौथो वार्षिक साधारणसभाको अवसरमा कोइरालालाई अर्थ मन्त्री प्रकाशसरण महतले सम्मान गरेका हुन् । नेपाल डेरी एसोसिएसनका केन्द्रिय सदस्य समेत रहेका कोइराला छुर्पी चीज उपसमितिका संयोजक हुन् । मकवानपुर लगायत आसपासका जिल्लाहरुमा उत्पादित भएको छुर्पीलाई उनले विदेश निर्यात गर्दै आइरहेका छन् ।

“वर्ष उत्कृष्ट निर्यातकर्ता” को रुपमा सम्मान पत्र प्राप्त गर्नु भएकोमा कोइरालालाई नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल र महासचिव हेमचन्द्र खनालले हार्दिक बधाई एवं शभकामना व्यक्त गरेका छन् ।

बागमती प्रदेश मुख्य समाचार रोचक समाचार