एमाले अध्यक्ष ओलीलाई ऐतिहासिक मकवानपुरगढी अंकित मायाको चिनो प्रदान

मक्रान्चुली- राष्ट्रिय युवा संघ नेपाल मकवानपुरगढी गाउँकमिटीका नेतृत्व टोलीले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।

भेटका अवसरमा युवाहरुले मकवानपुरगढी गाउँपालिकामा रहेको ऐतिहासिक मकवानपुरगढी दरवारको तस्वीरको चित्र अंकित मायाको चिनो स्वरुप प्रदान गरिएको युवा संघ मकवानपुरगढी गाउँकमिटीका अध्यक्ष उत्तम अधिकारीले बताएका छन् ।

मायाको चिनो ग्रहण गर्दै एमाले अध्यक्ष ओलीले ऐतिहासिक मकवानपुरगढीको रेखदेख तथा सुरक्षार्थ नेपाली सेनाको टुकडी खटाउनु पर्ने र विगतमा भएका ऐतिहासिक हातहतियार र तत्कालीन प्रयोगमा रहेका सैन्य सामग्रीहरु समेतको संग्राहलय स्थापना गरिनुपर्ने धारणा राखेको युवा संघ अध्यक्ष अधिकारीले बताएका छन् ।

भेटकै क्रममा अध्यक्ष ओलीले मकवानपुरगढी दरबारको अवलोकन गर्ने इच्छा भएकोले समय मिलाएर अवलोकन गर्ने बताएको उनले बताए । सो भेटघाटमा युवा संघ केन्द्रिय अध्यक्ष क्षितिज थेवेको समेत उपस्थिती रहेको थियो ।

मुख्य समाचार राजनीति रोचक