रास्वपाले दबाब यात्रा आयोजना गर्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दबाब यात्रा आयोजना गर्दैछ । रास्वपाले यही माघ २१ गतेदेखि विकास आयोजनाहरुमा दबाब यात्रा सुरु गर्ने भएको हो ।

माघ २१ मा सभापति रवि लामिछानेले मेलम्ची खानेपानीको आयोजनाबाट दबाब यात्राको सुरुवात गर्नेछन् । पहिलो दिनको दबाब यात्रामा सबै सांसद र केन्द्रीय नेताहरु सहभागी हुनेछन् ।

.

यस्तै, माघ २२ देखि संसद अधिवेशन सुरु हुने भएकाले रास्वपाले अरु आयोजनाको दबाब यात्राको मिति भने तोकेको छैन । तर, दबाब यात्रा गर्ने आयोजना र सांसदहरुको नाम भने टुंग्याएको रास्वपाले जनाएको छ ।

दबाब यात्रामा २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्नेछन् ।

राजनीति समाचार