तीन संसदीय समितिको बैठक आह्वान

आज एकैपटक तीन वटा संसदीय समितिको बैठक आह्वान गरिएको छ ।

आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति र राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान गरिएको हो ।

जसअनुसार आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । सो बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ ।

यसैगरी, दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने भएको छ । उक्त बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

 

राजनीति समाचार