आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज विभिन्न चार प्रदेशमा फाट्टफुट्टदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो ।

.

यस्तै, आज सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहनेछ ।

महाशाखाका अनुसार, हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको र त्यसको देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने देशका तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।

समाचार समाज स्थानीय