भानु माविमा समिति चयनमा सकस,कांग्रेस र माओवादी केन्द्र निर्वाचनमा सहभागी नहुने,सहमतिको अन्तिम प्रयास

मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा रहेको भानु मावि को विद्यालय ब्यवस्थापन समिति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भई प्रक्रिया अघि बढी रहेका बेला नेपाली कांग्रेस र माओवादी केन्द्रले भने निर्वाचनमा सहभागी नहुने बताएको छ ।

निर्वाचन कार्यक्रम अनुसार बिहिबार उमेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिन्ह प्रदानको कार्यक्रम रहेकोमा १० जना उमेदवार मध्ये ४ जना उमेदवार निर्वाचन प्रक्रियामा सहभागी नभए पछि सहमतिको लागि भन्दै आज सम्मको समय दिइएको छ ।

उता नेपाली काङ्ग्रेस र नेकपा माओबादी केन्द्रले सर्ब पक्षिय बैठकमा भएको सहमती कार्यान्वयन नभएकाले निर्बाचनमा भाग नलिने भन्दै प्रेस बिज्ञप्ति जारी गरेको छ ।यस अघि भएको सहमती अनुसार एमालेको भागमा अध्यक्ष रहने गरि ३ सदस्य माओबादीको भागमा २ सदस्य काङ्ग्रेसको भागमा १ सदस्य रहने र स्वतन्त्र १ जनालाइ एमालेले समेट्ने भद्र साझा सहमती भए पनि एमालेले दम्भ र घमन्ड देखाएर सहमती तोडे पछि आफुहरु निर्बाचन प्रक्रियामा सहभागी नहुने निर्णयमा पुगेको बिज्ञप्तिमा जनाइएको छ ।

नेपाली काङ्ग्रेस मकवानपुरगढी गाउँकमिटी सभापती राजबीर मोक्तान र नेकपा माओबादी केन्द्र मकवानपुरगढी गाउँकमिटी अध्यक्ष राजकुमार खड्काद्धारा संयुक्त रुपमा हस्ताक्षरित प्रेस बिज्ञप्तीमा “शैक्षिक सस्थालाई राजनितिक अखडा नबनाउने गरि अब्बल नेतृत्व चयन गर्न अस्तित्वमा रहेका राजनितिक दलहरुको बैठकमा सहमती भए पनि त्यसलाइ तोडेर एमालेले राजनितिक बेइमानी गरेको काङ्ग्रेस र माओवादीको निस्कर्ष रहेको छ । साथै सार्बजनिक संघ सस्थामा फोहरी राजनितिक नगर्ने प्रण गर्दछौ।” भनिएको छ ।

यसै विषयमा नेकपा एमालेले भने आफुहरुले सहमति नतोडेको बताएको छ । निर्वाचन प्रक्रियामा अघि बढे पनि उमेदवार दिने देखि फिर्ता लिने दिनसम्म आफुहरुले सहमति कै आधारमा होस् भन्ने चाहेको तर सो समयमा अन्य राजनीतिक दलले चासो नै नदिएकाले आफुहरु बाध्य भएर निर्वाचन प्रक्रियामा समावेश भएको एक नेताले शुभसमय लाई बताएका छन् । यद्यपि आफुहरु अझै पनि सम्भव भएसम्म सहमति कै आधारमा समिति चयन गर्नुपर्ने पक्षमा रहेको बताएका छन् ।

सहमतीको अन्तिम प्रयास स्वरुप शुक्रबार (आज) बैठक राखिएको बिद्यालयका प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनु भएको छ।

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय