माघ २१ गते सार्वजनिक बिदा

लुम्बिनी प्रदेशमा यही माघ २१ गते सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले सोही दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

.

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

प्रदेश सरकारले राजपत्रमै बिदा दिने निर्णय उल्लेख गरेको छ ।

समाचार समाज