तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सामेल गर्न युनेस्कोमा मनोनयन पेश

काठमाडौं । गौतम बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुस्थित तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सामेल गर्न नेपाल सरकारले युनेस्कोमा मनोनयन पेश गरेको छ । तिलौराकोटको उत्खननबाट भेटिएका पुरातात्विक प्रमाणहरूका आधारमा युनेस्कोको विश्व सम्पदा सूचीमा राख्न पेश गरिएको हो।
युनेस्कोको विश्व सम्पदा केन्द्र रहेको फ्रान्सस्थित नेपाली राजदूत सुधीर प्रसाद भट्टराईले युनेस्कोका वर्ल्ड हेरिटेज सेन्टरका निर्देशक लाजारे इलोन्डोलाई उक्त मनोनयन पत्र पेश गरेका छन् । भट्टराई युनेस्कोमा नेपालका लागि स्थायी प्रतिनिधि पनि हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ढ्यन मन्त्रालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोषलगायतले तिलौराकोटको उत्खनन गरेका थिए । त्यसै उत्खननबाट प्राप्त पुरातात्विक प्रमाणले शुद्धोधनको राजदरबार तिलौराकोट नै रहेको पुष्टि भएको छ ।

मुख्य समाचार समाचार