सरकारी जग्गा हिनामिना प्रकरणः चौधरी र थापालाई ग्राण्डीमा भर्ना

 काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापालाई अर्को अस्पतालमा भर्ना गरिएको छ । अस्पतालले रेफर गरेकाले उनीहरुलाई ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो ।
बिहीवार महाराजगञ्जस्थित चिरायु अस्पतालमा राखिएका उनीहरूलाई ग्राण्डी अस्पतालमा सारिएको छ । जिल्ला अदालत काठमाडौँले उनीहरूलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । स्वास्थ्य समस्याको कारण उनीहरुलाई अस्पतालमा राखिएको जनाईएको छ ।

राजनीति समाचार