शुक्रबार सुनको मूल्य बढ्यो

हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा ३ सय रुपैयाँले बढेको हो ।
शुक्रबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि बढेकाे छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अर्थ