सुपर सिक्समा नेपालले शुक्रबार भारतसंग खेल्ने

हेटौंडा । आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ मा नेपालले शुक्रबार आफ्नो दोस्रो खेल खेल्दैछ । नेपालले भारतसँग खेल्न लागेको हो । दक्षिण अफ्रिकामा जारी खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे शुरु हुँदैछ ।
नेपाल यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो ।
नेपाल उपाधि होडबाट यसअघि नै बाहिरिएको छ ।

खेलकुद