रेडियो मकवानपुरद्वारा ओम बृद्धाश्रमलाई खाद्यान्न र नगद सहयोग

हेटौंडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था र यसै सहकारीले सञ्चालन गरेको रेडियो मकवानपुरले हेटौंडा २ मा रहेको ओम बृद्धाश्रमलाई खाद्यान्न र नगद सहयोग गरेको छ ।
सहकारीको २६ औं स्थापना दिवस तथा रेडियो मकवानपुरको १४ औं वार्षिकोत्सवको अवसरमा जारी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बिहीबार ओम बृद्धाश्रमलाई नगद ५ हजार २५ रुपैयाँसहित ४ बोरा चामल, नुन, तेल, दाल लगायतका सामग्री सहयोग गरेको हो ।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले आगामी दिनमा पनि सहयोगको कार्यक्रमलाई निरन्तरता दिने बताए ।
सताव्यापी कार्यक्रम अन्तर्गत १९ र २० गते रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिता, २० गते मनहरी गाउँपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर, २१ गते बालमैत्री नगर निर्माणमा सरोकारवालाको भूमिका विषयक वक्तृत्वकला र २२ गते समापन कार्यक्रम हुनेछ ।-prasta khabar

समाचार समाज