माघ २४ गते संसदमा दलका शीर्ष नेताले सम्बोधन गर्ने

 संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले यही माघ २४ प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्।

 

 

शुक्रबार बसेको सभामुख देवराज घिमिरेसहित दलका सचेतक र प्रमुख सचेतकहरूको बैठकले यो निर्णय गरेको हो। यसको औपचारिक निर्णय भने प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले गर्नेछ ।

संसद्को हिउँदे अधिवेशन माघ २२ गते सोमबार अपराह्न ४ बजे शुरु हुनेछ। पहिलो दिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै सरकारले ल्याएका अध्यादेश पेश गर्ने र शोक प्रस्ताव पारित गर्ने पनि कार्यसूची छ।

राजनीति समाचार