भानु माविको अध्यक्षमा खिल प्रसाद चौलागाईं चयन

मक्रान्चुली- निकै लामो सहमतीय संघर्ष पछि मकवानपुरगढी-३ मक्रान्चुलीमा रहेको भानु माविले नयाँ नेतृत्व पाएको छ । सोहि विद्यालयका पुर्व शिक्षक एवम् पुर्व विब्यस अध्यक्ष समेत रहनु भएका खिल प्रसाद चौलागाईंको अध्यक्षतामा नयाँ विद्यालय ब्यवस्थापन समिति चयन भएको हो ।

समितिको सदस्यहरुमा सन्तु थिङ (पाख्रीन), हेम कुमारी संजेल, लक्ष्मण भट्टराई, दिलिप लोप्चन र रुक्मणी ढुङ्गाना चयन भएका छन् ।

९ सदस्यीय रहने समितिको सदस्य सचीवमा विद्यालयका प्रधानाध्यापक रहनेछन् भने शिक्षकहरुको तर्फबाट एकजना शिक्षक प्रतिनिधि समितिमा रहनेछन् । यसैगरी सम्बन्धित वडाका वडा अध्यक्ष वा प्रतिनिधि पनि समितीमा रहनेछन् ।

लामो समयको प्रयास पछि विद्यालय ब्यवस्थापन समिति चयन सहमतिमा नै टुङ्गीएको हो ।

मुख्य समाचार शिक्षा समाचार स्थानीय