मकवानपुरको बागमती गाउँपालिकाले फाल्गुन १ गते दिएको सार्वजनिक बिदा उच्च अदालत द्वारा बदर

हेटौंडा- मकवानपुरको बागमती गाउँपालिकाले जनयुद्ध दिवसका अवसरमा दिएको सार्वजनिक बिदा उच्च अदालत पाटन हेटौंडा इजलासले बदर गरिदिएको छ ।

सर्बोच्च अदालतको आदेश विपरित बागमती गाउँपालिकाले फागुन १ गते सार्बजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयका बिरुद्धमा अदालतमा दायर गरेको उत्प्रेसणको रिट निवेदनमा प्रारम्बिक सुनुवाइ गर्दै न्यायधिश एमुना भट्टराइको एकल इजलासले बागमती गाउँपालिकाको सार्बजनिक बिदा तत्कालका लागि कार्यन्वयन नगर्नु नगराउनुभनी अन्तरिम आदेश दिनु भएको हो ।

यो आदेशसंगै बागमती गाउँपालिका कार्यालय सहित यस पालिका भित्रका बिभीन्न संघसंस्था बिद्यालयहरु खोलेर सेवा दिनुपर्ने भएको छ । अदालतको आदेश विपरित गाउँपालिकाले जनयुद्ध दिवसका दिन दिएको सार्वजनिक विदा विधिको शासन विपरित भएकाले अदालतको अन्तरिम आदेश स्वागत योग्य रहेको अधिबक्ता मदन कुमार दाहाले बताउनुभयो ।

सर्बोच्च अदालतको आदेश र सूचना समेतलाई वेवास्ता गर्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले आफ्नो गाउँपालिकामा सार्बजनिक विदा दिने निर्णय गर्नु भएको थियो ।

मुख्य समाचार समाचार