मकवानपुरका दुइ स्थानमा आगोलागी

हेटौंडा – गएराति मकवानपुरको छुट्टाछुट्टै स्थानमा आगोलागी हुँदा लाखौँ धनमाल जलेर नष्ट भएको छ । जिल्लाको हेटौंडा उपमहानरपालिका वडा नं.१८ बड्कुलेमा स्थानीय राम बहादुर पाख्रिनको नजिकै रहेको एक घर जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार जस्ताले छाएको ईटाको गारो र काठको टाड भएको घरमा बिजुली सट भएर आगलागी हुँदा धान, चामल, मकै, धानकुट्ने मिल, मकै पिन्ने मिल, लत्ताकपडा,गोठ पुर्ण रुपमा जलेर नष्ट भएको हो । क्षतिको बारेमा मुल्याङ्कन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बकैंया गाउँपालिका वडा नं.६मोरङभात बुर्जाडाडाँमा स्थानीय ७० बर्षीय नीर बहादुर वाईबाको खरले छाएको एक तल्ले घर जलेर नष्ट भएको हो । घरमा बच्चाहरु आगो खेल्ने क्रममा अचानक आगोलागी हुँदा घर नजिक रहेको बाख्राको खोर समेत जलेर पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

घरभित्र रहेको अन्नपात, भाडावर्तन, नगद ५ हजार जलेर नष्ट हुँदा बाख्रा ५ वटा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगो स्थानीयहरुको सहयोगमा नियन्त्रण लिईएको थियो । प्रहरीका अनुसार आगलागीबाट मानविय क्षति भने भएको छैन ।

समाचार समाज